दशौँ राष्ट्रिय खेलकुद: गण्डकीको टोलीमा प्रतिभा माविका २२ विद्यार्थी सम्मिलित
पाेखरा | मंसिर ८, २०८३
पोखरा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएका छन् ।
प्रतिभामा अध्ययनरत विद्यार्थीहरूले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेट लगायतका विभिन्न खेलका लागि गण्डकी प्रदेशको टोलीमा छनौट भएका हुन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा हक्कीमा सञ्जु थापा, चेसमा दिलासा थापा, ब्वाइज बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही, लन टेनिसका दर्शिल श्रेष्ठ र महिला क्रिकेटमा सेरिना थापाले सहभागिता जनाउनेछिन् ।
त्यसैगरी, ह्यान्डबलतर्फ कुसुम बानियाँ, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कन्चन राना मगर रहेकी छन् । गल्र्स बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पान्डे, प्रेम कुमारी बिक, नबिना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अन्शु थापा, युविना श्रेष्ठ र कुसुम गुरुङ छनौट भएको विद्यालयका सञ्चालक नारायण पौडेलले बताए ।
उनले राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको सहभागिताले खेल प्रतिभाको निखारसँगै आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास लिएको बताए । सो सहभागिताले विद्यालय मात्र नभई समग्र गण्डकी प्रदेशकै गौरवलाई थप बलियो बनाउने अपेक्षा लिइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त ...
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२ औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ ...
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ । फेवा मल्टिप्रोडक्ट पोखराको ...

